दफा ६९
सैनिक अदालत वा अन्य अदालतमा मुद्दा चलाउने निर्णय
(१) यस ऐन अन्तर्गतका कसुरहरुका सम्बन्धमा सैनिक अदालत वा अन्य अदालतमध्ये कुन अदालतमा मुद्दा चलाउने भन्ने विषयमा विवाद उत्पन्न भएमा अन्य अदालतमा मुद्दा चलाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अन्य अदालतमा मुद्दा दायर हुने भएमा अभियुक्तलाई सेवाबाट निलम्बन गरी मुद्दा दायर गरिने अदालतमा बुझाई दिनु पर्नेछ ।